माउण्टेन इनर्जीलाई ३९ करोडको आईपीओ जारी गर्न बोर्डको अनुमति

0
Shares

माउण्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमित पाएको छ।

धितोपत्र बोर्डले स्थानिय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता तथा सर्वसाधारणको लागि १९ लाख ६८ हजार २७ कित्ता गरेर कुल ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७५ फागुन २६ गते निवेदन दिएको थियो ।