नेपाल रेडक्रस र कोका-कोला नेपालको पहिलो चरणको सुरक्षा सामग्री वितरण जारी

0
Shares

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालकोे कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ ।

यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ ।

यो साता नेपाल रेडक्रस र कोका-कोला नेपालका प्रतिनिधिहरुको उपस्थीतिमा पहिलो चरणको वितरण कार्यक्रम अन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

यस वितरण कार्यक्रम असार १६ गते बाट शुरु गरिएको थियो । र, हालसम्म ९५० थान एन ९५ मास्क, २६५ थान सुरक्षा बुट, स्यानिटाइजर १८०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३०० र १३१०२ थान साबुन वितरण भइसकेका छन् ।