डिसहोममा डिलर दाइको डिस्काउन्टमा सातामा दुई जनालाई एक लाख नगद

0
Shares

डिसहोममा डिलर दाइको डिस्काउन्ट योजनाअन्तर्गत लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । 

२०७७ साल असार १९ देखि असार २५ गतेसम्म फाउन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।

हरेक साताको शुक्रबार साँझ ५ बजे डिसहोमको सोकेस च्यानल नम्बर १००, सोकेस २ च्यानल नम्बर १०१ र रमाइलो टिभीमा लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट गरिन्छ ।

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिसहोमको सेटअप बक्सको क्यास आइडी नम्बर ७१९१३०९४८७७, ७१९१४०८१९१५ विजेता बन्न सफल भएका छन् ।

डिसहोमले संचालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्यधिक मागलाई ध्यानमा राखी यो अफरलाई निरन्तरता दिइने भएको छ ।