उपचारका लागि राजधानी जानुपर्ने बाध्यता हट्यो

उपचारका लागि राजधानी जानुपर्ने बाध्यता हट्यो

कलेज अफ मेडिकल साइन्सले गर्दा उपचारका लागि राजधानी जानुपर्ने बाध्यता हटेको छ

राजधानी बाहिरका जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा उपलब्ध गराउने उद्देश्यले झन्डै २४ वर्ष अगाडि चितवनमा कलेज अफ मेडिकल साइन्सले (पुरानो मेडिकल कलेज) स्थापना भएको थियो ।

नेपालकै मध्यभाग चितवनमा पूर्व–पश्चिम भेगका जनतालाई स–सानो स्वास्थ्य समस्याका लागि पनि काठमाडौं उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य यस संस्थाले गरेको छ । मेडिकल शिक्षाका लागि बिदेसिने करोडौं रकम स्वदेशमा नै रहने, २० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने र हजारौंको रोजगारी सिर्जना गर्ने कामसमेत यस कलेजले गरेको छ ।

चिकित्सा विज्ञानले विकास गरेका नयाँ र आधुनिक स्वास्थ्य उपकरणहरू खरिद, सेवालाई विशिष्टीकृत गर्ने काममा पुरानो मेडिकल कलेज हरदम लागि परेको छ। जोखिमलाई उठाउन सक्ने, चिकित्सा विज्ञानका क्षेत्रमा नयाँ–नयाँ प्रयोगहरु गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा दिई हजारौं जनताको जीवनरक्ष गर्न यस स्वास्थ्य संस्था सधैं तयार छ ।

नेपाल सरकारबाट वि.सं. २०६९ सालमा पहिलोपटक राजधानी काठमाडौं बाहिर मिर्गौला प्रत्यारोपणसम्बन्धी स्वीकृति पाएको यस स्वास्थ्य संस्थाले हालसम्म चार जना मिर्गौला पीडित बिरामीको सफल प्रत्यारोपण गरिसकेको छ ।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार ११ : ३९ बजे