मौद्रिक नीतिले बैंक व्यवसायी सबैलाई राहत दिएको छ- किरण कुमार श्रेष्ठ

0
Shares

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले राष्ट्र बैंकले सबैक्षेत्रलाई समेटेर सबैको अपेक्षा अनुकुलको सन्तुलित मौद्रिक नीति ल्याएको प्रतिक्रिया दिएका छन्। 

मौद्रिक नीतिले कोभिड १९ बाट परेको असर न्यूनिकरणका लागि विशेष सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो सुझाब थियो । त्यस्तै निजीक्षेत्रका समस्या सम्बोधनगर्न तर्फ पनि मौद्रिक नीति अग्रसर भएकाले सन्तुलित आएको छ ।

यसले बैंकहरुलाई पनि ठूलो व्यभार पर्दैन, कर्जा पुनसंरचना, पुनरतालिकरण गर्ने कुराहरु आएको छ । त्यस्तै व्यवसायीलाई पनि कर्जाको साँवा ब्याज भुक्तानी गर्ने सन्दर्भमा म्याद थपको कुरा राम्रो छ । सबैभन्दा राम्रो कर्जाको क्षेत्रको आधारमा प्रभावित र कम प्रभावित छुट्याइदिएको छ । यसले धेरै राहात दिन्छ भन्ने लाग्छ ।

‘मौद्रिक नीतिले वाणिज्य बैंकको केहि दायित्व भने बढेको छ । कृषि कर्जा, सहुलियतपूर्ण कर्जा, साना मझौला कर्जामा गरेको व्यवस्थाले अझै ग्रामिण र तल्लो तहमा जानुपर्ने अवस्था छ । यो हाम्रा लागि अवसर पनि हो । हाम्रो कामै सरकारको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने हो । यसले हाम्रो व्यवसाय विस्तारमा पनि राम्रौ सहयोग गर्छ।’ श्रेष्ठले भने ।

यो वर्षको नाफामा केहि न केहि असर त पर्छ , यो त्रैमासमा हामीले २ प्रतिशतका दरले ब्याजदर घटायौ, चैतमा पनि दश प्रतिशत छुट गर्यौ । यसले हाम्रो जस्तो बैंकलाई प्रतयक्ष प्रभाव पार्छ । कोभिडको कारणले बीचमा भएको प्रभावले नाफामा सामान्य असर गर्छ । अहिलेको नीति गत सुधारले अर्को सालको नाफामा भने फरक नपर्ने देखिन्छ ।