राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

0
Shares

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी यस वर्ष सरल रुपमा सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गरेका छन् ।

संघको वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरेका छन्।

दरबारमार्ग परिसर कार्यालयमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दिनेश न्यौपानेले पनि संयुक्त रुपमा वृक्षरोपण गरेका छन् । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षरोपण गरिएको थियो ।

बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्देश्यले २०४७ साउन ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो । साउन ६ गतेको दिन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ट्रेड युनियन आन्दोलनको विधिवत रुपमा शुरुवात भएको दिन पनि हो ।