शिखर इन्स्योरेन्सको ८७ हजार ४१२ कित्ता शेयरको लिलामी खुल्यो

0
Shares

शिखर इन्स्योरेन्सले साउन २१ बुधबारदेखि ८७ हजार ४१२ कित्ता शेयरको लिलामी खुला गरेको छ ।

इन्स्योरेन्सले गत असारमा निष्काशन गरेको ३० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेको थिएन । उक्त शेयरमा साउन २१ बुधबारदेखि २८ गतेसम्म आवेदन गर्न पाइनेछ ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । जसमा कम्तीमा ५० कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । अहिले दोस्रो बजारमा शिखरको शेयर प्रतिकित्ता १ हजार २१४ रुपैयाँ हाराहारी छ ।

इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल छ । लिलामी शेयरमा एनआईबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेस्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङमार्फत आवेदन दिन सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।