सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को लाभांश प्रतिफलका लागि बुकक्लोज तय

0
Shares

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ (SIGS@) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश वितरण गर्न साउन ३२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको छ ।

यसअनुसार साउन २९ गते बिहीबारसम्म कायम रहने इकाइधनीले मात्र प्रतिफल पाउनेछन् ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २१ बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । यसअनुसार फण्डको इकाई धनीलाई ६ करोड रुपैयाँ प्रतिफल वितरण हुनेछ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।