सिटिजन लाइफले ७५ करोडको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढायो

सिटिजन लाइफले ७५ करोडको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढायो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड बराबरको साधारण शेयर(आईपीओ) निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले एनआईबीएल एस क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे ।

सिटिजन लाइफले १ सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ छ ।

कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्टाइएको ७५ करोडको शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नछ ।

सिटिजन लाइफले सार्वजनिक गरेको आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै लगेको छ । कम्पनीले सो अवधिमसम्म जीवन बीमा कोष १६४% ले र कुल बीमा शुल्क आर्जनमा ६९% प्रतिशतले वृद्धि गरेकोे छ ।

जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७% ले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी रु. ३३ करोड ८३ लाख पु¥याएको छ ।

कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकममध्ये करिब ९१% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गरेकोे छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २७ साउन २०७७, मंगलबार १७ : १० बजे