आईपीओपछि झनै बलियो देखियो एनआईसी एशिया लघुवित्त

0
Shares

लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ बिक्री गरेको एनआईसी एशिया लघुवित्त आईपीओ बिक्री गरेपश्चात झनै बलियो देखिएको छ ।

लघुवित्तले गत आर्थिक वर्षमा अधिकांस सूचकमा बढोत्तरी गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तको पूँजी, जगेडा, नाफा, निक्षेप, कर्जा, प्रतिशेयर आम्दानी तथा नेटवर्थ लगायतका सूचकमा सुधार देखिएको छ । तर कर्मचारी खर्च भने शतप्रतिशतले बढेको छ। 

लघुवित्तले गत आर्थिक वर्ष ०७६/०७७ मा १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड अर्थात ७८.५६ प्रतिशत बढी हो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

असार मसान्तसम्ममा ९५ करोड ९५ लाख रुपैयाँ निक्षेप तथा ५ अर्ब ८४ करोड सापटीबाट ६ अर्ब ९५ करोड कर्जा लगानी गरेको छ । जसबाट लघुवित्तले ४७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५४ प्रतिशत बढी हो ।

आईपीओपछि १ अर्ब ४८ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको लघुवित्तको जगेडा कोषमा ३० करोड १६ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको पूँजी ४७ प्रतिशत तथा जगेडा १८८ प्रतिशतले बढेको हो। लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

लघुवित्तको खराब कर्जा करिब एक प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १०.९८ पैसाबाट बढेर १३.३१ रुपैयाँ पुगेको छ । जसको नेटवर्थ १२०.३८ रुपैयाँ छ । कोषको लागत पनि घटेर ९.४१ प्रतिशतमा झरेको छ ।

Particulars  NIC Asia Laghubitta Bittiya Sanstha (Rs  in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 1,480,000.00 1,004,500.00 47.34%
Reserve & Surplus 301,690.00 104,725.00 188.08%
Net Profit 196,964.00 110,309.00 78.56%
EPS (In Rs.) 13.31 10.98 21.19%
Net Worth per Share (In Rs.) 120.38 110.43 9.02%
Deposits 955,588.00 571,753.00 67.13%
Borrowings 5,841,578.00 3,201,251.00 82.48%
Loans & Advances 6,953,902.00 4,472,718.00 55.47%
Net Interest Income 478,056.00 309,953.00 54.23%
Provision for possible losses 59,212.00 22,910.00
Operating Profit 304,952.00 172,177.00 77.12%
NPL (%) 0.99 _ _
PE Ratio (times) 39.97 _ _

मग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।