सेलपे सेल्सबेरी अफर

0
Shares

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ।

यो अफरअन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ वटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान एण्ड पे मार्फत भुक्तानी गरे १५ प्रतिशत छुट (अधिकतम रु. ५००) पाउने छन्।

सेलपे सेल्सबेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गरी सेलपे एप्पमा रहेको पे मर्चयान्ट क्लिक गरी काउन्टरमा रहेको स्क्रीनमा देखाएको क्यू आर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ। यो अफर कार्तिक ३० गते सम्म लागू हुने कम्पनीले जनाएको छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। 

सेलपेद्वारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इण्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोविड१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार आदि गर्न सकिनेछ। ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।