बैंकका कर्मचारीलाई आवागमनमा अवरोध नगर्न गृह मन्त्रालयको निर्देशन

0
Shares

नेपाल सरकार गृह मन्त्रालयले निषेधाज्ञाको अवधिमा बैंक वित्तीय संस्थाका कर्मचारीलाई नरोक्न निर्देशन दिएको छ ।

मन्त्रालयले बैंकका कर्मचारीलाई सहजीकरण गर्ने गरी समन्वय गर्न भन्दै काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

गृहले अत्यावश्यक सेवाभित्र रहेको बैंकिङ क्षेत्रलाई सेवा सञ्चालन हुने वातावरणमा अवरोध नपु¥याउन भन्दै कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन भनेको हो ।

उपत्यकामा बैंकिङ सेवा दिन हिँडेका कर्मचारीलाई बिहीबार प्रहरीले रोकेको थियो । कर्मचारी बाटोमा नै रोकिएपछि बैकर्स संघले बिहीबार सबै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई आधारभुत बैंकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थालाई जारी गरिएको सूचना बमोजिम आधारभुत सेवा सुचारु गर्न आवश्यक समन्वय तथा सहयोगका लागि अपिल गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।