डिशहोमको ‘द स्ट्रीङ शोे’ मा १० उत्कृष्ट प्रतिस्पर्धी छनौट

0
Shares

डिशहोमले सुरु गरेको डिजिटल रिट्रो इंङलिश सांगीतिक प्रतियोगिता द स्ट्रीङ शोे को दोस्रो राउण्ड सुरु भएको छ । जसका लागि १० जना उत्कृष्ट प्रतिस्पर्धी २०७७ भाद्र ६ गते छनौट भएका छन् । 

सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्भाण चौधरी र युलिया कोईरालाले उत्कृष्ट १० जना छनौट गरेका हुन । पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका थिए ।

छनौट भएका प्रतिस्पर्धीहरु क्रमस दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, म्रिनल मानन्धर, सदिक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई छन् । दोस्रो चरणमा पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुने आयोजकको भनाई छ ।

तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ । तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए ।

७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।