शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा

0
Shares

गत आर्थिक वर्षमा देशको आयत घटेपछि शोधनान्तर बचत उल्लेख्य बढेको छ । कोरोनाका कारण आयात घटेपछि आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको हो।

अघिल्लो आवमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको थियो । गत आवमा अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाख रुपैयाँले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ ।

चालु आवमा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा पूँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी १४ अर्ब २१ करोड रुपौयँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई १९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।