लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपाल नियुक्त

0
Shares

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन ।

विगत २ वर्ष देखि बैंकको सञ्चालक समितिको सदस्य रहेका नेपाल बुधबार अध्यक्षमा नियुक्त भएका हुन ।

बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट सपथ ग्रहण गरिसकेका छन ।

नवनियिुक्त अध्यक्ष नेपाल बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फाल्गुणदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका हुन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।