कामना सेवामा सामाजिक सञ्जालको माध्यमद्वारा खाता खोल्न सकिने

0
Shares

कामना सेवा विकास बैंकका ग्राहकहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेकबुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन्।

बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाट यो नवीनतम् प्रविधिमा आधारित ‘केएसबीबीएल सोशल मिडिया बैंकिङ प्लेटफर्म’ को शुभारम्भ गरेका हुन्।

भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहकरुले बैंकले प्रदान गरेको ‘क्यूआर कोड स्क्यान’ गर्नुपर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।