हायर मी नेपालको एप लन्च, गुगल प्लेस्टोरबाट डाउनलोड गरी रजिष्ट्रर्ड गर्न सकिने

0
Shares

हायरमी नेपालले आश्विन १ गतेबाट मोबाईल एप औपचारीक रूपमा लन्च गरेको छ ।

रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले श्रावण १ गतेबाट हायरमी नेपालको अनलाईन बेबसाईट प्रारम्भ गरेको थियो । 

दुई महिनाको अवधिमा रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरूबाट रजिष्ट्रेशनमा राम्रो रेस्पोन्स आएको कम्पनीले जनाएको छ ।

एप प्रारम्भ भएपछि ब्यक्तिगत प्रयोगकर्तालाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा जब निर्धारण गर्न धेरै सजिलो हुने कम्पनीको भनाई छ ।

रोजगारी खोज्नेहरूको लागि यो पोर्टलमा २४ किसिमको च्वाईस हुनेछ । चाहेको क्षेत्रमा रजिष्ट्रर्ड हुन सक्नेछन् । विभिन्न पत्र९पत्रिकामा प्रकाशित विज्ञापन हेर्न सक्नेछन् ।

कम्पनीहरूले सोझै राखेको विज्ञापनमा निवेदन दिन सक्नेछन् । क्षेत्र अनुसार कम्पनीहरूले उम्मेद्वारलार्रइ सोझै सम्पर्क गर्नसक्नेछन् । अन्तरवार्ता लिन सक्ने सुविधा पनि उपलब्ध रहेको छ ।

छिट्टै अब जनशक्ति व्यवस्थापन तथा उम्मेद्वारले दिने अन्तरवार्तामा दक्ष बनाउने गरी आवश्यक्ता टिप्स र सामाग्री यसैबाट हेर्न सकिने गरी उपलब्ध गराइनेछ । यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ । कम्पनीले अबको दुई वर्षमा पाँच लाख व्यक्ति र कम्पनीलाई रजिष्टर्ड गर्न लगाई पचास हजार लाई रोजगारीको सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।