सानिमा बैंकको दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा

0
Shares

सानिमा बैंक (SANIMA) ले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारीजरेन्द्र चापागाईंले संयुक्त रुपमा गरे ।

यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एन.टि.भि. रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरेका हुन ।

यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।