जिओ फोर्डको दसैँ–तिहार लक्षित ‘फोर्ड फेस्टिव’अफर अन्तर्गत तीन योजना सार्वजनिक

0
Shares

नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड), ले दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ।

जिओले फोर्ड फेस्टिभ अफर अन्र्तगत, ग्राहकहरुको सुविधालाई ध्यानमा राखी, ग्राहकहरुले उपलब्ध तीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्ने जनाएको छ । फोर्डले नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरु समेत प्रदान गर्ने जनाएको छ ।

गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौट गर्न सक्दछन् ।

योजना १: स्क्रयाच कार्ड– ग्राहकले बक्सबाट ३ वटा स्क्रयाच कार्ड छनौट गरी ४ लाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क््रयाज कार्डमा ग्यारेण्टी मूल्य २५ हजार रहेको र बढीमा यो १ लाख ५० हजार सम्म हुनेछ । यो अफर अन्र्तगत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

योजना २: ६ महिने ईएमआइ (EMI) होलिडे– यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुछ्रे बैँक मार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्ने जनाएको छ ।

योजना ३:स्थगित भुक्तानी (Deferred payment)  – यस–योजना अन्तर्गत ग्राहकले ३०% रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २०% को लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २०% लाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्याहोर्न नपर्ने कम्पनीले जनाएको छ ।

यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।