भिभो वाई ट्वान्टी नेपाली बजारमा, सस्तो मूल्यमा आकर्षक फिचर

0
Shares

भिभोले वाई सिरिज अन्तर्गत वाई ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ । युवा पुस्तामाझ लोकप्रिय भिभोले उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनका साथ वाई ट्वान्टी बजारमा उपलब्ध गराएको हो ।

२० हजार ९९० मूल्य राखिएको यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । कम्पनीका अनुसार भिभो वाई ट्वान्टी पावर सेभिङ टेक्नोलोजी प्रयोग गरिएको छ । जसले गर्दा एक पटकको फुल चार्जमा प्रयोगकर्ताले लामो समय सम्म निरन्तर रुपमा मोबाइल प्रयोग गर्न पाउनेछन् ।

३ जिबी र्याम र ६४ जिबी रोम क्षमताको फोनलाई माइक्रोएसडी कार्डको मद्दतले २५६ जीबीसम्म क्षमता विस्तार गर्न सकिने छ ।

फोनमा क्वालकम स्न्यापड्रागन प्रोशेसरको प्रयोग गरिएको छ । जसको मद्दतले बिना कुनै रुकाउट लामो समयसम्म गेम खेल्न सकिने उल्लेख गरिएको छ ।

स्मार्टफोन हलुका भएकाले प्रयोगकर्ताको हातका लागि प्रयोगमैत्री रहेको छ । पातलो डिजाइनमा आएको फोनको साइडमा फ्रिगर प्रिन्ट स्क्यान राखिएको छ । जसको मद्दतले प्रयोगकर्ताले बिना कुनै झन्झट सेकन्डमै फोन खोल्न सकिने उल्लेख छ ।

दुई कलरमा बजारमा उपलब्ध हुने भएता पनि हालसम्म कुन कुन कलरमा भित्रिन्छ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन् ।
कम्पनीका अनुसार स्मार्टफोनमा प्रयोग भएको क्यामेरा प्रविधिको मद्दतले प्रयोगतर्काले प्रोफेशनल फोटो ग्राफिको मज्जा लिन सक्ने छन् । जसका लागि फोनमा एआईमा आधारित रियर क्यामेरा प्रयोग गरिएको छ ।

जसमा म्याक्रो, बोकेलगायतका धेरै फिचर छन् । ६.५१ इन्चको हालो डिस्प्लेका साथ विभन्नि प्रविधिको प्रयोगमार्फत फोनको स्क्रिनमा नयाँ आयाम प्रदान गरिएको कम्पनीले जनाएको कम्पनीका अनुसार जसले फिल्म हेर्दा तथा गेम खल्दा प्रयोगकर्ताले नयाँ अनुभव प्राप्त गर्नेछन् ।

कम्पनीको अनुसार यो फोन अहिलको युवाको रुची प्रविधि र डिजाइनको मिश्रण हो । यसमा प्रयोग भएको ब्याट्री, क्यामेरा, प्रोसेसर र डिजाइन यो फोनको सबैभन्दा उत्कृष्ट पक्ष हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।