महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) ले शुक्रबारदेखि सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले असोज ०९ गते आइतबार गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा विस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।

ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन बैंक सदा प्रयासरत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।