माउन्टेन इनर्जी नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

माउण्टेन इनर्जी नेपालले भदौ ३१ गते बुधबारदेखि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ८ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर जारी गरेकोमा लकडाउन तथा निषेधाज्ञा लगायतले स्थगित भएपछि पुन बिक्रीमा ल्याएको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि १०० रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो।

  • कसले गर्न पाउँछ आवेदन ?

कम्पनीले नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर बिक्री गर्न लागेको हो।

नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवी गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन् भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन् ।

त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाउँपालिका प्रभावित क्षेत्र हो ।

  • कति गर्ने आवेदन ?

आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।।
कम्पनीको आइपीओमा स्थानीयले आज कार्यालय समयभित्र आवेदन गर्न पाइने व्यवस्था छ ।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्। ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

कम्पनीले स्थानीयलाई निष्काशन गरेको यो आईपीऋो बाँडफाँडपछि अवितरित शेयर समेत थप गरेर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ ।

हाल सर्वसाधारणलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशनका लागि छुट्टाइएको छ । आयोजना प्रभावित बासिन्दाका लागि छुट्टाएको सबै शेयर बिक्री नभएमा अवितरित शेयर समेत सर्वसाधारणमा थपिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।