अपि पावरले मंसिर ८ गते डाक्यो दुई आवको साधारण सभा, १४ प्रतिशत बोनस र हकप्रद पारित गर्दै

0
Shares

अपि पावर कम्पनी (API) ले मंसिर ८ गते एकैपटक दुई आर्थिक वर्षको (१७ औं र १७ औं वार्षिक) साधारण सभा आह्वान गरेको छ । अघिल्लो आवको साधारण सभा कोभिड संक्रमणका कारण स्थगित भएपछि एकैपटक आह्वान गरिएको हो ।

कम्पनीको उक्त संयुक्त सभाले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत र २०७६/७७ को नाफाबाट ९ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि क्रमश ०.२६ र ०.४७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

कम्पनीले हाल निष्काशन भैरहेको हकप्रद शेयर चुक्ता भई बाँडफाँड भैनसकेको हनाले हकप्रदले भने बोनस नपाउने कम्पनीले स्पष्ट पारेको छ । तर आव २०७५/७६ बाट वितरण हुने ५ प्रतिशत बोनसले भने आव २०७६/७७ बाट वितरण हुने ९ प्रतिशत बोनस शेयर पाउनेछन् ।

यस्तै कम्पनीले हाल जारी गरिरहेको १ बराबर ०.४७६१९ प्रतिशत हकप्रद, आव २०७५/७६को ५ प्रतिशत बोनस तथा आव २०७६/७७ को ९ प्रतिशत बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी १९२.९७५६ करोडको पुनः १ बराबर ०.८५६५८५ प्रतिशत हकप्रद जारी गर्न स्वीकृत गर्ने प्रस्ताव रहेको छ । यसरी जारी गरिने हकप्रद निष्काशनबाट प्राप्त हुने रकम कम्पनीले निमार्ण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने सम्बन्धमा पनि साधारण सभाबाट प्रस्ताव पारित हुँदैछ ।

यसैगरी कम्पनीले अर्को कुनै कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर।प्राप्ती) सम्बन्धमा व्यवस्था गर्न नियमावली संसोधन गर्ने तथा विदेशी लगानीलाई सहज बनाउन आग्राधिकार शेयरको ब्यबस्था गर्नको लागि नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पेश गर्ने एजेण्डा रहेको छ ।

कोभिड संक्रमणका लागि कम्पनीले जुम प्रविधिको माध्यमबाट भर्चुअल्ली साधारण सभा गर्ने जनाएको छ । साधारण सभामा भाग लिन चाहने शेयरधनीले साधारण सभाको २ दिनअघि नै कम्पनी सचिव वा आधिकारिक इमेल मार्फत सम्पर्क गरी मिटिङ्ग आईडि र पासवर्ड लिनसक्ने जनाइएको छ ।

कम्पनीले आव २०७५/७६ को १६ औ साधारण सभाको लागि २०७६ चैत्र १ गतेदेखि २०७६ चैत ७ गतेसम्म र आव २०७६/७७ को १७ औ साधारण सभाको लागि मंसिर १ देखि ७ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यसअनुसार आव २०७५/७६ को बोनस शेयर फागुन २९ गते बिहीबारसम्म र आव २०७६/७७ बोनस कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई ७ दिनभित्र शेयरधनी दर्ता किताबमा कायम हुन आएका शेययरधनीले मात्र लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।