प्रभु बैंकको नवलपुर प्रगतिनगरमा २११ औं शाखा विस्तार

0
Shares

प्रभु बैंक लिमिटेड (PRVU) ले बुधबार देखि नवलपुर (नवलपरासी पुर्व) जिल्लाको देवचुली नगरपालिका प्रगतिनगरमा नयाँ शाखा सञ्चालन गरेको छ ।

बुधबारदेखि सञ्चालनमा आएको उक्त शाखा बैंकको २११ औं शाखा हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।

प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।