महासंघमा महादंगल : उम्मेदवारहरुको दोस्रो चरणको नामावली सार्वजनिक


नेपाल उद्योग वाणिज्य महासंघले आसन्न निर्वाचनमा भाग लिने उम्मेदवारहरुको दोस्रो चरणको नामावली सार्वजनिक गरेको छ । महासंघले बिहीबार साँझ पहिलो चरणको सूची सार्वजनिक गरेकोमा सबै उम्मेदवारहरुबाट आवश्यक कागजात प्राप्त भएको भन्दै प्रारम्भिक सूचीलाई नै निरन्तरता दिएको हो ।

महासंघले सार्वजनिक गरेको गरेको नामावली अनुसार ६४ पदका लागि १२७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा एशोसिएट्स उपाध्यक्षमा शौरभ ज्योती र रामचन्द्र संघईको उम्मेदवारी दर्ता भएको छ ।

जिल्ला नगरतर्फको खुला केन्द्रिय सदस्यमा १८ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ भने प्रदेशतर्फको केन्द्रिय सदस्यमा ७ पदका लागि १६ जनाको उम्मेदवारी परेको छ । संस्थापक सदस्यतर्फ १ पदका लागि ३ जनाले आवेदन दिएको महासंघको निर्वाचन समितिले जनाएको छ ।

बस्तुगततर्फ १४ सदस्यका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एशोसिएट्सतर्फ १९ पदका लागि ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको सूची यहाँबाट हेर्नुहोस्

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।