रिद्धि सिद्धि सिमेन्टको ‘शिलान्यास रिद्धि सिद्धिसँग’


रिद्धि सिद्धि सिमेन्टले “शिलान्यास रिद्धि सिद्धिसँग” नामक योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् ।

कम्पनीसँग सम्पर्क गरेपछि प्रतिनिधि निर्माणस्थलमै पुगी निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन् ।

सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै भुक्तानी गर्नुपर्नेछ । तर परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिने कम्पनीले जनाएको छ ।

नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानाएको छ । यसका लागि न्यूनतम १०० बोरा सिमेन्ट खरिद गर्नु पर्ने कम्पनीले जनाएको छ ।

यो योजना प्रथम ५०० जागरुक उपभोक्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ । मङ्सिर महिना मात्र रहेको यो योजना हाललाई काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू गरिएको कम्पनीले जनाएको छ । हाल कोभिड–१९ महामारीका कारण यो योजना सीमित जिल्लाका नगरपालिकाहरुमा लागू गरिएको हो र आगामी दिनहरुमा यस योजनालाई क्रमिक रुपमा विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।