सानिमा क्यापिटलको प्रमूख कार्यकारीमा चालिसे नियुक्त


सानिमा बैंकको प्रमूख कार्यकारी अधिकृतमा भिष्मराज चालिसे नियुक्त भएका छन् । पछिल्लो सिटी एक्प्रेस फाइनान्सको प्रमूख कार्यकारीको जिम्मेबारीवाट बाहिरीएका चालिसे मंसिर २ गतेदेखी सानिमा क्यापिटलको प्रमूख नियुक्त भएका हुन ।

सिटी एक्प्रेस फाइनान्स नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएपछि खलि रहेका चालिसे पुन धितोपत्र बजारमा नै फर्केका हुन । धितोपत्र बजार क्षेत्रमा लामो समयमा काम गरेका चालिसेले बिचमा फाइनान्स कम्पनीको नेतृत्वमा थिए ।

एस डेभलपमेन्ट बैंकमा १३ वर्ष विताएका चालिसे काष्ठमण्डप डेभलपमेन्ट बैंकमा २ वर्ष काम गरेपछि मर्चेन्ट बैंकिङ अर्थात धितोपत्र बजारमा जोडिएका हुन ।

सिभिल क्यापिटलमा ९ वर्ष काम गरेका चालिसे २ वर्ष विओके क्यापिटलको सीईओ भएर काम गरे । त्यसपछि फेरी सिटी एक्प्रेस फाइनान्सको सीईओ भएर साँढे २ वर्ष काम गरेका चालिसे पुन मर्चेन्ट बैंकिङमै फर्केका हुन ।