उद्योग वाणिज्य महासंघ कसैको पेवा होइन, हल्लाएर हल्लिदैन : पशुपति मुरारका


नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले संस्था कसैको पेवा नभएको बताएका छन् । महासंघ नेतृत्वलाई हटाउने अनि बसाउने खेल भए पनि त्यसलाई सबै मिलेर असफल बनाएको बताएका मुरारकाले संस्थाको नेतृत्वलाई काम गर्न सक्ने वाताबरण दिनु पर्ने बताए ।

शेयर गोल्छा समुह अन्तरगत वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठको समुहले सार्वजनिक गरेको भिजन कमोडिटी सेक्टर नामक दस्तावेज सार्वजनिक गर्दै मुरारकाले यस्तो बताएका हुन् ।

नेतृत्वलाई कमजोर बनाइयो भने त्यसबाट संस्थाको गरिमा कमजोर हुने भन्दै उनले त्यस्ता तत्वलाई निर्मुल पार्न जरुरी भएको मुरारकाको भनाई थियो ।

शेयर गोल्छाको समुहलाई अघि बढाउन नसकिएको खण्डमा अध्यक्ष भए पछि शेखर गोल्छाले काम गर्न सक्ने वाताबरण नबन्ने भन्दै उनले महासंघलाई नतिजामुखी बनाउन गोल्छाले चाहेको समुहलाई अघि सार्नु पर्ने बताए ।

आफुले त्याग गरेर सहमतिको बाटो खोज्ने हिम्मत भएकाहरुले मात्र निर्वाचन गराउनु हुँदैन भन्ने सोच राख्नु पर्ने बताएका मुरारकाले प्रजातान्त्रिक मुल्य र मान्यतालाई स्वीकार गर्न सक्नु पर्ने बताए ।

मुरारकाको भनाई भिडियोमा हेर्नुहोस

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।