उम्मेदवारका आश्वासन होइन, उसले गरेको काम र योगदानको मुल्यांकन गरिदिनुहोस् : शौरभ ज्योती


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतीले महासंघ नेतृत्वमा हल्ला गर्ने नभई काम गर्नेहरु पुग्नु पर्ने बताएका छन् ।
शेयर गोल्छा समुह अन्तरगत वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठको समुहले सार्वजनिक गरेको भिजन कमोडिटी सेक्टर नामक दस्तावेज सार्वजनिक गर्दै ज्योतीले महासंघमा गरेको योगदानको मुल्यांकन हुनु पर्ने बताएका हुन् ।

हरेक उम्मेदवारले चुनावका दौरान ल्याउने एजेण्डाले धेरै हल्ला मात्र हुने बताएका उनले आफु सहित आफ्नै प्यानलका उम्मेदवारको आश्वासनलाई नसुन्न मतदातालाई आग्रह गरे । किशेर प्रधानले झण्डै ३ दशकदेखि महासंघमा गरेको योगदान, दिनेश श्रेष्ठको २ दशकको अनुभव, अन्जन श्रेष्ठ र आफ्नो झण्डै डेढ दशकको अनुभव र कार्यसम्पादनको मुल्यांकन गरेर मतदान गर्न ज्योतीले आग्रह गरे । आफुहरु नेतृत्वमा पुगेर हल्ला गर्ने नभई काम गरेर देखाउने भएकाले गोल्छा समुहका सबै उम्मेदवार महासंघका लागि सक्षम भएको उनको भनाई थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।