वस्तुगत उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टीमले सार्वजनिक गर्यो प्राथमिकता सहितको दस्तावेज


नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठसहितको समुहले महासंघ नेतृत्वमा पुगे पछि गर्नु पर्ने कामहरुको दस्तावेज सार्वजनिक गरेको छ । श्रेष्ठको टीमले निर्वाचनपछि आफ्नो प्राथमिकताको दस्तावेज सहितको पुस्तक मंगलबार सार्वजनिक गरेको हो ।

शेखर गोल्छा समूह अन्तर्गत वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसहितको टीमले निर्वाचनपछि आफ्नो प्राथमिकता रहने विषयहरुका विषय छनोट गरेर काम गरिरहेको उपात्यक्षका प्रत्यासी श्रेष्ठले बताए ।
महासंघको ५४औं साधारणसभामा वस्तुगततर्फको उपाध्यक्षका लागि श्रेष्ठले शेखर गोल्छा र किशोर प्रधान समूहबाट उम्मेदवारी दिएका श्रेष्ठले निर्वाचनको प्रक्रिया पहिले नै विभिन्न बस्तुगत संघका समस्या र चुनौतीहरु छनोट गरि लिपिवद्ध गरिएको कार्यक्रममा बताए ।

पुस्तकमा बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नु पर्ने विषय छनोट गरि आगामी रणनीतिका रुपमा पुस्तकमा समेटिएको उनको भनाई छ ।

“कोभिड १९ को कारण सृजित स्वास्थ्य संक्रमण समस्यालाई मध्यनजर गर्दै विभिन्न बस्तुगत संघहरुलाई ४ भागमा विभाजन गरि समस्या पहिचान गर्ने प्रयास गरेका थियौं,” पुस्तक सार्वजनिक कार्यक्रममा श्रेष्ठले भने, “हामीले सबै बस्तुगत संघहरुलाई कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राखेर त्यहाँ देखिएका समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषयमा छलफल गरेका थियौं । व्यवसायीक वातावरण निर्माणमा सबैको हातेमालो आवश्यक रहेकाले निर्वाचनका बेला गरिएको प्रतिवद्धतालाई पुरा गर्न घच्घच्याउने दस्तावेजको रुपमा हामीले यो पुस्तक प्रकाशन गरेका हौं ।”

पुस्तक बिमोचन कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले पुस्तकले आगामी दिनमा महासंघमा गरिनु पर्ने कार्यदिशालाई मार्गनिर्देश गरेको बताए । वास्तविकता र क्षमताका आधारमा नेतृत्व चयन गर्दै एकीकृत रुमा अघि बढ्न उनले सबै मतदाता र सम्बद्ध पक्षहरुलाई प्रधानले आग्रह गरेका थिए ।

त्यसै गरी एसोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतीले तथ्य र तथ्यांकका आधारमा नै काम गरिनु पर्ने भएकाले नेतृत्वमा पुग्नु पहिले नै काम सुरु गरेको भन्दै श्रेष्ठलाई धन्वाद र बधाई दिएका थिए ।

हरेक उम्मेदवारले चुनावका दौरान ल्याउने एजेण्डाले धेरै हल्ला मात्र हुने भन्दै आफु सहित आफ्नै प्यानलका उम्मेदवारको आश्वासनलाई नसुन्न मतदातालाई ज्योतीले आग्रह गरे । किशोर प्रधानले झण्डै ३ दशकदेखि महासंघमा गरेको योगदान, दिनेश श्रेष्ठको २ दशकको अनुभव, अन्जन श्रेष्ठ र आफ्नो झण्डै डेढ दशकको अनुभव र कार्यसम्पादनको मुल्यांकन गरेर मतदान गर्न ज्योतीले आग्रह गरे । आफुहरु नेतृत्वमा पुगेर हल्ला गर्ने नभई काम गरेर देखाउने उनको भनाई थियो ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघ नेतृत्वलाई कमजोर बनाउने मात्र नभई नीजि क्षेत्रका मुद्धालाई समेत कमजोर बनाउने बताए ।

महासंघको कार्यदिशा तय गर्न वस्तुगत समुहले सार्वजनिक गरेको पुस्तक सान्दर्भिक र महत्वपुर्ण भएको बताएका उनले काम गर्ने क्रममा कही कतैबाट धम्की आएको खण्डमा नटेर्न पनि आग्रह गरे । महासंघलाई बलियो र प्रभावकारी बनाएर अघि बढाउनका लागि भावी अध्यक्ष शेखर गोल्छाले चाहेको टीमलाई अघि ल्याउन उनले सबै मतदातालाई आग्रह गरे ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।