शेयर बजारमा आज नेप्से सूचकसँगै कारोबार रकम, कारोबार संख्या (पटक), अनलाईबाट कारोबार प्रतिशत र बजार पूँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएको छ ।
शेयर बजार सूचक मापक नेप्सेले २०७३ साउन १२ गते बुधबार कायम भएको बिन्दु तोडेर ५३ महिनापछि १ हजार ८८१ दशमलव ४५ लाई तोडेर २०७७ मंसिर ११ गते बिहीबार १ हजार ८९३ दशमलव २४ बिन्दुमा कायम हुँदा अन्य तीन रेकर्ड पनि सँगसँगै कायम भएका छन् ।
आज नेप्से परिसूचक १८.४३ अंकले बढेर हालसम्मकै सर्वाधिक उचाई १ हजार ८९३ दशमलव २४ को विन्दूमा पुगेको हो ।
आज शेयर बजारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको शेयर कारोबार भएको छ । यसभन्दा अघि २०७७ मंसिर ७ गते आइतबार ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार संख्याको आधारमा पनि नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन ७० हजार ३ वटा काराबार भएको छ । यसभन्दा अघि २०७७ असोज ४ गते एकैदिन ६४ हजार ५१५ वटा कारोबार भएको थियो । त्यो कीर्तिमानलाई बिहीबारको कारोबार संख्याले तोडेको हो ।
यस्तै आज अनलाईबाट भएको शेयर कारोबारको प्रतिशत पनि हालसम्मकै उच्च भएको छ । आज २३ हजार ५० लगानीकर्ता सहभागि भएर भएको कारोबारमध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको हो ।यसअघि मंसिर ४ गते ३० हजार लगानीकर्ता सहभागी थिए दिन भएको कारोबारमध्ये ८६.२४ प्रतिशत कारोबार अनलाइनमार्फत भएको थियो ।
यसैगरी आज धितोपत्रको दोस्रो बजार पूँजीकरण पनि हालसम्मकै उच्च बनेको छ । आज बजार पूँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८० हजार रुपैयाँ पुगेको छ । यसभन्दा अघि बुधबार मात्रै २५ खर्ब १३ अर्ब १५ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
कारोबार कित्ताका आधारमा भने आज नयाँ रेकर्ड बन्न सकेन आज १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर कारोबारमा आएको छ । यसअघि मंसिर १० गते बुधबार कारोबार कित्ताका आधारमा सबैभन्दा धेरै १ करोड ८८ लाख ४६ हजार १८१ कित्ता कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो ।
बिहीबार कारोबारमा आएका बैंकिङ्ग, अन्य, म्युचुअल फण्ड, जलविद्युत, र उत्पादन बाहेक ७ उपसमुहका सूचक ऋणात्मक भएका छन् । कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५८ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । नबिल बैंक, शिवम् सिमेन्ट, एनटिसी, नेपाल बैंक, प्रभु बैंक, हिमालयन डिष्टिलरी, नेपाल लाइफ, कुमारी बैंक र शिखर इन्सयोरेन्सको उच्च कारोबार भएको छ ।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-11-26 15:00:00 | |||
NRIC | 581,317,178.00 | 1,339.00 | |
NABIL | 383,441,401.00 | 1,130.00 | |
SHIVM | 289,195,532.00 | 1,114.00 | |
NTC | 282,738,130.00 | 1,089.00 | |
NBL | 255,168,030.00 | 393.00 | |
PRVU | 227,425,460.00 | 345.00 | |
HDL | 221,264,135.00 | 3,575.00 | |
NLIC | 218,787,001.00 | 1,665.00 | |
KBL | 176,314,756.00 | 276.00 | |
SICL | 171,918,271.00 | 1,719.00 |
आजको बजारमा एनएमबि माइक्रोफाइनान्स, पाँचथर पावर, हिमालयन उर्जा, र आँखुखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ । नबिल बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, चिलिमे हाइड्रोपावर, नेपाल रि इन्स्योरेन्स कम्पनी, र सिद्धार्थ बैंक शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा समेटिएका छन् ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-11-26 15:00:00 | |||
NMBMF | 1,089.00 | 99.00 | 10.00 |
PPCL | 243.00 | 22.00 | 9.95 |
HURJA | 213.00 | 19.00 | 9.79 |
AKJCL | 160.00 | 14.00 | 9.59 |
NABIL | 1,130.00 | 92.00 | 8.86 |
KBL | 276.00 | 17.00 | 6.56 |
NBB | 263.00 | 14.00 | 5.62 |
CHCL | 565.00 | 29.00 | 5.41 |
NRIC | 1,339.00 | 65.00 | 5.10 |
SBL | 366.00 | 15.00 | 4.27 |
आज साल्ट ट्रेडिङ्गको शेयरमूल्य ६.१८ प्रतिशत अर्थात ४९४ रुपैयाँले घट्दा ७ हजार ५०६ मा झरेको छ । ङादी ग्रुप पावर, बोटलर्स नेपाल तराई, सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत धेरैले मूल्य घटेको छ । मल्टिपपर्स फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, नेशनल माइक्रोफाइनान्स, नेशनल हाइड्रोपावर र समीट लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि गुमाएका छन् ।
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-11-26 15:00:00 | |||
STC | 7,506.00 | -494.00 | -6.18 |
NGPL | 256.00 | -16.00 | -5.88 |
BNT | 9,990.00 | -601.00 | -5.67 |
SADBL | 195.00 | -11.00 | -5.34 |
MPFL | 174.00 | -9.00 | -4.92 |
KRBL | 144.00 | -6.00 | -4.00 |
RHPC | 171.00 | -7.00 | -3.93 |
NMFBS | 1,860.00 | -75.00 | -3.88 |
NHPC | 128.00 | -5.00 | -3.76 |
SMFDB | 928.00 | -35.00 | -3.63 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया