मापदण्ड पूरा नहुँदा कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई : बीमा समिति


कोरोना बीमा दाबी भुक्तानी कोरोनका बीमा मापदण्ड २०७७ बमोजिम कागजात नभएको तथा कोभिड रिपोर्ट भेरिफाइ गर्न समय लाग्दा ढिला भएको बीमा समितिले जनाएको छ ।

समितिले बिहीबार कोरोना बीमाको पुल व्यवस्थापनको काम गर्दै आएको शिखर इन्स्योरेन्समा स्थगलत अनुसन्धान गर्दा मापदण्ड अनुसारको कागजात बिना नै माग दाबी गर्ने गरेको जनाएको छ । समितिको अध्ययन अनुसार बीमा कम्पनीहरुले आवश्यक कागजात बिना नै बीमा पुलमा फाइल पठाउने, कोरोना रिपोर्ट स्पष्ट नहुँदा त्यसलाई भेरिफाइ गर्नु पर्ने भएकाले दाबी भुक्तानी ढिला भएको जनाएको छ ।

बीमाखेल खरिद गरेका बीमितहरुले दावी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड २०७७ ले तोकेको सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने, र सम्बन्धित बीमा कम्पनीले सबै कागजात पूरा भए नभएको एकिन गरी कागजात पूरा भएका फाइलहरु भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा पठाउनुपर्नेमा केही फाइलहरु कागजात पूरा नगरेको देखिएकोले बीमा समितिले सबै निर्जिवन बीमा कम्पनीहरुमा दावी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्रै पठाउन निर्देशन समेत दिएको छ ।

त्यसैगरी कोरोना बीमाको दाबी भुक्तानीको क्रममा पिसिआर रिपोर्ट स्वास्थ्य सेवा विभाग मातहतको इसीडिसीमार्फत प्रमाणिकरण गर्नुपर्ने भएकोले समय लागेको अनुसन्धानमा देखिएको छ । समितिले दोहोरो दाबी भुक्तानी रोक्न प्रमाणिकरण गर्नुपर्ने भएकोले समय लागेको समेत जनाएको हो ।

बीमा समितिको स्थलगत अध्ययनको क्रममा कोरोना बीमा गराउने बीमा कम्पनीहरुका कर्मचारीहरु नै कार्तिक र मंसिरमा सबैभन्दा धेरै कोरोना संक्रमित भई दैनिक कार्य सञ्चालनमा अप्ठेरो परेकोले कोरोना बीमाको दावी भुक्तानीमा समय लागेको समेत अध्ययनमा देखिउको समितिले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।