सरकारले गरेको बाचा पूरा नभएको भन्दै उखु किसानले थाले आन्दोलन

0
Shares

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् ।

उनीहरूले गत वर्षको पुस १८ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  १३ : ३४ बजे