कोभिडले थलिएको अर्थतन्त्र लयमा फर्कदैँ, बैंकहरुमा कर्जाको माग बढ्यो

0
Shares

कोभिडका कारण थला परेको मुलकको अर्थतन्त्र पछिल्ला केहि महिना यता क्रमश चलायमान हुन थालेपछि बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । मंसिर महिना सुरु भएयता बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ भने बैंकहरुले समेत कर्जा विस्तारलाई जोड दिएका छन् ।

संचालनमा रहेका २७ वाणिज्य बैंकले मंसिर महिनाको चार सातामा अर्थात २६ गतेसम्म ४९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन ।

जबकी यो अवधिमा बैंकहरुमा ४६ अर्ब मात्र निक्षेप थपिएको छ । मंसिर महिनामा बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा विस्तार ३ अर्ब बढीले बढेको छ ।

नेपाल बैंकर्स संघका अनुसार मंसिर २६ गतेसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअवधिमा बैंकहरुले ३१ खर्ब १ अर्ब कर्जा विस्तार गरेका छन् ।

तिहारपछिको डेढ महिनामा बैंकहरुमा ७९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने यस अवधिमा ७९ अर्ब रुपैयाँ नै कर्जा विस्तार भएको छ । चाडपर्व सकिएपछि बैंकहरुमा विस्तारै कर्जाको माग आउन थालेको देखिन्छ ।

यतिबेला बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता रहेको र ब्याजदर समेत सस्तो भएपछि नयाँ व्यवसाय गर्नेहरुले लगानीका लागि उपयुक्त अवसरको रुपमा लिएकाले पनि बैंकहरुमा कर्जाको माग बढेको देखिन्छ । साथै राष्ट्र बैंकले कोभिड प्रभावितका लागि ल्याएका सहुलियत कार्यक्रमहरुले पनि बैंकहरुको कर्जा बढेको हो ।

कोरोना भाइरसको प्रभाव कम हुँदै गएपछि बैंकहरुमा कर्जाको माग आउन थालेको हो । पछिल्लो समय अर्थतन्त्र चलायमान बन्दै गएको छ । जनजिवन तथा व्यापार व्यवसाय पहिलेकै अवस्थामा फर्कर्ने चरणमा रहेकाले आर्थिक गतिविधि समेत बढेपछि बैंकहरुले कर्जा विस्तार गर्न थालेका छन ।

Deposit and Lending of Commercial Banks (in Billions)
Month Date Deposit Lending
LCY FCY Total LCY FCY Total
Ashad 2077 31/03/2077 3362 125 3487 2806 97 2903
Shrawan 2077 09/04/2077 3344 118 3462 2772 95 2867
16/04/2077 3371 115 3487 2590 93 2866
23/04/2077 3360 113 3476 2779 92 2871
30/04/2077 3367 112 3479 2787 91 2878
Bhadra 2077 05/05/2077 3368 112 3480 2794 92 2886
12/05/2077 3377 109 3485 2801 91 2892
19/05/2077 3383 108 3491 2807 90 2897
26/05/2077 3388 107 3495 2815 90 2904
Ashwin 2077 02/06/2077 3403 113 3516 2824 89 2913
09/06/2077 3417 115 3532 2837 92 2929
16/06/2077 3450 109 3559 2855 92 2946
23/06/2077 3470 110 3579 2872 94 2964
30/06/2077 3543 111 3654 2941 93 3035
Kartik 2077 06/07/2077 3505 110 3615 2929 94 3023
14/07/2077 3522 111 3633 2926 95 3020
21/07/2077 3529 110 3638 2934 97 3031
28/07/2077 3538 111 3648 2955 97 3052
Mangsir 2077 05/08/2077 3544 112 3656 2953 97 3050
12/08/2077 3559 115 3675 2968 98 3066
  19/08/2077 3570 116 3685 2983 101 3084
  8/26/2077 3586 108 3694 3000 101 3101

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।