उमेशसिंह भण्डारीले सम्हाले बेष्ट फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको कार्यभार


धेरै बैंक वित्तीय संस्थाका बीचमा मर्जर गराएका बैंकर उमेशसिंह भण्डारीले बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् । फाइनान्स सञ्चालक समितिले भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

फाइनान्स सञ्चालक समितिले पुस १ गतेदेखि नै भण्डारीलाई कार्यभार जिम्म लगाउने निर्णय गरेको थियो । सोही अनुसार भण्डारीले आफ्नो कार्यभार सम्हालेका हुन् ।

यस अघि कुमारी बैंकमा कार्यरत भण्डारी स्वेच्छिक अवकाश लिएका थिए । तत्कालिन काष्ठमण्डप डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी भण्डारीले बैंकलाई कुमारी बैंकमा विलय गराएर डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेका थिए ।

कुमारी बैंकमा काष्ठमण्डप विलय हुने क्रममा पश्चिमाञ्चल फाइनान्स, सेती फाइनान्स र काँक्रेबिहार विकास बैंकलाई पनि कुमारी बैंकमा विलय गराउन भण्डारीले रचनात्मक भूमिका निर्वाह गरेका थिए ।

सन् १९९० देखि बैंकिङ करिअर सुरु गरेका भण्डारीलाई बेस्ट फाइनान्सलाई पनि मर्जर गराउनु पर्ने चुनौती छ । सञ्चालक समितिले भण्डारीलाई उपयुक्त साझेदार खोजेर मर्जर गराउने शर्तमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।