उद्योग वाणिज्य महासंघको उपमहानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त


नेपाल उद्योग वाणिज्य महासंको उपमहानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् ।

महासंघको बुधवार बसेको पदाधिकारी बैठकको निर्णय अनुसार अध्यक्ष शेखर गोल्छाले अवस्थीलाई उपमहानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

महासंघका हरेक गतिविधि, अनुसन्धान, कन्टेन्ट राईटिङ लगायतमा उनको जिम्मेवारी रहने गरी अर्थ तथा सञ्चार विज्ञको रुपमा अवस्थीलाई नियुक्त गरिएको हो ।

लामो समय पत्रकारिता क्षेत्रमा रहेर काम गरेका अवस्थीसँग  एक दशक कान्तिपूर दैनिकमा काम गरेको अनुभव छ । 

आर्थिक पत्रकारितामा राम्रो दख्खल भएका अवस्थी नेपाल आर्थिक पत्रकार समाज (सेजन) को पूर्वअध्यक्ष समेत हुन् ।

त्यस्तै अवस्थीले संयुक्त राष्ट्र संघ नेपालको दिगो विकास लक्ष्यमा सल्लाहकारका रुपमा काम समेत गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।