प्रभु बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

0
Shares

प्रभु बैंकले यही पुष २६ गते साधारण सभा आह्वान गरेको छ । बैंकको १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको लाभांश सहित विविध प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १० गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि बुकक्लोज गर्ने जनाएको छ ।

जस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले सभामा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ छ । बैंकले १ अर्ब ३ करोड १५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर तथा ५ करोड ४२ लाख ९२ हजाररुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७७, शुक्रबार  ११ : ३० बजे