उद्योगमन्त्री र सामान्य प्रशासनमन्त्रीले भेटे आन्दोलनरत उखु किसान, आन्दोलन स्थगन गर्न आग्रह


उद्योगमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले बक्यौता भुक्तानीको विषयलाई लिएर आन्दोलनरत उखु किसानलाई आन्दोलनस्थलमा पगेर भेटेका छन् ।

शुक्रबार माइतीघर मण्डलामा पुगेर उद्योगमन्त्री भट्टले किसानको रकम भुक्तान हुने क्रम सुरु भएको भन्दै आन्दोलन रोक्न उखु किसानलाई आग्रह गरेका छन् ।

उता आन्दोलनरत उखु किसानले भने आइतबारसम्म किसानले पाउने भुक्तानीको अवस्था हेरेर मात्र आन्दोलनका सम्बन्धमा थप निर्णय गर्ने जवाफ मन्त्री भट्टलाई दिएका छन् ।

उखु किसानहरुको आन्दोलनको मध्य भागमा सँगै बसेर छलफल गरेका मन्त्री भट्टले किसानहरुलाई श्रीराम सुगर मिल्सले किसानलाई २५ करोड तत्काल फिर्ता गर्ने भनेकोमा १६ करोड रुपैयाँ जम्मा गरिसकेको जानकारी गराएका थिए ।

शनिबार देखि नै उक्त रकम रकम वितरण सुरु गर्नका लागि राष्ट्रिय वाणिज्य बैकलाई अनुरोध गरिने आश्वासन दिएका मन्त्री भट्टले अरु चिनी उद्योगहरुलाई पनि रकम तिर्न ताकेता गरि किसानको पैसा भुक्तान गराएर छाड्ने प्रतिबद्धता जनाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।