पोखरा फाइनान्सले ५ प्रतिशत बोनस वितरण गर्ने, पुस २९ गते एजिएम

0
Shares

पोखरा फाइनान्स (PFL) ले पुस २९ गते बुधबार २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

फाइनान्स संचालक समितिको पुस ७ गते सम्पन्न ४८४ औँ बैठकले वास्तोलाथर पोखरा ९ कास्कीमा बिहान ९ बजे सभा डाकेको हो ।

कोराना माहामारीका कारण शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सभामा सहभागी गराइने छ ।

उक्त साधारण सभामा आ.व २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने रक प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश अनुमोदन गनै छ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि फाइनान्सले पुस १७ गतेदेखि बुक क्लोज गर्नेछ । तसर्थ १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र उक्त लभांश साधारण सभाबाट अनुमोदन भएपछि पाउनेछन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।