सर्भर समस्याका कारण सवारी लाइसेन्सको अनलाइन सेवा अवरुद्ध


केही दिन पहिले मात्र सुरु भएको अनलाइनबाट सवारी चालकको आवेदन सोमबार अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागका अनुसार सर्भरमा आएको समस्याका कारण पुष २० गते सोमबार अनलाइनबाट सवारी चालक अनुमती पत्रको आवेदन लिने काम अवरुद्ध भएको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अनलाइनबाट सवारी चालक अनुमति पत्रको आवेदन लिने काम सोमबारका लागि बन्द गरिएको जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।