नेपाल बंगलादेश बैंकको साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न, लाभांश पारित


नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गरेको छ ।

बैंकको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभाले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बैंकका अध्यक्ष ए आर एम नजमुस तथा सञ्चालकहरु सहित ५५ प्रतिशत शेयर समेट्ने गरी २५ जनाको मात्र उपस्थित रहेको साधारण सभामा शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट प्रतिनिधित्व गराइएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आर्थिक वर्ष २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो ।

साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अर्ब रुपैयाँ पु¥याउने र जारी तथा चुक्ता पूँजीमा बोनस शेयर जारी भए अनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।