कृषि विकास बैंकमा रोजगारीको अवसर, ३२६ कर्मचारी माग

0
Shares

कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा परिपूर्ति गर्न ३२६ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

बैंकले प्रशासन तर्फ वरिष्ठ शाखा प्रमुख ३ जना, शाखा प्रमुख ५ जना, वरिष्ठ लेखा अधिकृत १७ जना, व्यवसाय अधिकृत ४४ जना, एम आई सी अधिकृत ४ जना, कम्प्यूटर अधिकृत ४ जना, कानुन अधिकृत ९ जना, व्यवसाय सहायक ११९ जना, कानुन सहायक ३ जना र लेखापाल ६२ जना गरि जम्मा २७० जना कर्मचारी माग गरेको हो ।

त्यस्तै प्राविधिक तर्फ, वरिष्ठ आइटी इन्जिनियर ८ जना, आइटी इन्जिनियर ११ जना, सिभिल इन्जिनियर ३ जना, कर्जा अधिकृत २० जना र ऋण सहायक १४ जना गरी २६ जनाको दरखास्त आह्वान गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकन्छ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले माघ ९ गतेबाट माघ २९ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ ३० गतेदेखि फागुन ६ गतेसम्म दरखास्त आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।