एनएमबि बैंकको खुद नाफा साढे ४७% ले बढ्दा प्रतिशेयर आम्दानी कति ?

0
Shares

एनएमबि बैंक (NMB) ले चालु आर्थिक वर्ष ०७७र०७८ को दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४७.६९ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको सञ्चालन मुनाफा तथा खुद ब्याज आम्दानीमा सुधार भएपछि नाफा बढेको हो। नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६७ पैसाले बढेर २२ रुपैयाँ ३४ पैसा पुगेको छ। बैंकको ६ महिनाको वितरण योग्य नाफा एक अर्ब ५० करोड रुपैयाँ छ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब २९ करोड कर्जा लगानी गरेको छ। जसबाट बैंकले २ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ छ। समीक्षा अवधिमा बैंकको निक्षेप ८ प्रतिशतले बढ्दा कर्जा लगानी १८ प्रतिशत भन्दा धेरैले बढेको छ ।

१४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब १० करोड रुपैयाँ, शेयरधनी कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.९६ प्रतिशतबाट बढेर २.३८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४१ पैसा तथा मूल्य आम्दानी १९.८७ गुणा छ।

बैंकको कोषको लागत केहि घटेर ५.४९ प्रतिशतमा झरेको छ । जसको आधारदर १०=१२ प्रतिशतबाट ७.४ मा झरेको छ भने कर्जा निक्षेप अनुपात ८१.९७ प्रतिशत छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।