सिभिल बैंकको लाभांश लिने वा नलिने निर्णय गर्ने अन्तिम दिन

0
Shares

सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश लगानीकर्ताले लिने वा नलिने निर्णय गर्ने आज अन्तिम दिन हो ।

सिभिल बैंकले ८ प्रतिशत बोनश पारित गराउन फागुन ९ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको साधरण सभा केन्द्रीय कार्यालय सुन्धारा काठमाण्डौमा बिहान ११ बजे भर्चुअल माध्यमबाट संचालन गरिने बैंकले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले माघ २३ गते शुक्रबार बुक क्लोज मिति तोकेको छ।

तसर्थ माघ २२ गते बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश र सभामा सहभागिता जनाउन पाउनेछन् ।बैंकको लाभांश लिन चाहाने तर शेयर नहुने लगानीकर्ताहरुले आजै शेयर किन्नुपर्नेछ भने लाभांश लिन नचाहेमा शेयर हुनेहरुले बिक्री गरिसक्नुपर्नेछ ।

सभामा बैंकले आ.व २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ०.४२ प्रतिशत नगद लाभांस र ८ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसअनुसार बैंकले चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँको ८ प्रतिशतले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ बोनस र ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ नगद गरी कुल ६७ करोड ३९ लाख ६९ हजार ६५५ रुपैयाँ लाभांश वितरण गर्नेछ ।

प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४६ रुपैयाँ पुग्नेछ ।

त्यस्तै सिभिल बैंकं र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने लगायतका विभिन्न प्रस्ताबहरु पारित गर्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।