चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदान स्वरुप उपलब्ध गराउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेका हुन् ।
गत राति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
