प्रभु क्यापिटलद्धारा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम सञ्चालन


प्रभु क्यापिटलले २०७७ फाल्गुण १ गते वीरगञ्ज स्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ), वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता थियो ।

कार्यक्रममा एनवाइएफका संस्थापक अध्यक्ष अरबिन्द अमात्यले बजार विकासका लागि लगानीकर्ताको सहभागिता अभिवृद्धि अपरिहार्य रहेको भन्दै तालिममले त्यसमा इटा थप्ने विश्वास व्यक्त गरेका थिए ।
उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानीले तालिका सहभागीहरुलाई शेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा व्याख्या गरेका थिए ।

प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रमको बारेमा प्रकाश पार्दै क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गरिने बताएका थिए । आयोजनाको सम्पूर्ण तयारी गरेको नेप्लिज योंग इन्टरप्रेनर्स फोरम वीरगञ्ज च्याप्टरका अध्यक्ष अनुप अग्रवालले आगामी दिनहरुमा वीरगञ्जका युवाहरुलाई व्यवसायिकतातर्फ सशक्त रुपमा अगाडि बढाउन यस्ता कार्यक्रमहरु आयोजना गरिराख्ने बताएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।