सरकारको ‘खोलौँ बैंक खाता’ अभियानमा ६८ लाख सहभागि

0
Shares

सरकारले २०७६ सालको सुरुवाती देखि सुरु गरेको खोलौँ बैंक खाता अभियानमा ६८ लाख सर्वसाधारण सहभागि भएका छन् ।

सरकारले वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता, समृद्ध नेपाल सुखी नेपालीको पहिलो आधार बैंक खाता भन्ने निष्कर्षसहित अभियान सुरु गरेको थियो।

सरकारले सुरु गरेको २२ महिनामा मात्रै ६८ लाखभन्दा बढी बैंक खाता थप भएका छन् । बैंकिङ क्षेत्रवाट निजी क्षेत्रमा जाने कर्जा ७२ प्रतिशतले बढेको प्रधानमन्त्री केपी ओलीले बताए ।

सोमबार सरकारका ३ वर्षका काम कारबाहीको विवरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले व्यवसायिक आयकरको दायरा ३ बर्ष अघिको तुलनामा झण्डै ४ लाखभन्दा धेरैले बढेको बताएका हुन ।

बीमा सेवाको बिस्तार ८.७ प्रतिशतले बढेर २२.७ प्रतिशत पुगेको छ । राजश्व परिचालन १०० अर्ब भन्दा बढी भएको प्रधानमन्त्री ओलीले बताए । कोभिड–१९ ले संसारकै आपूर्ति सञ्जाल र व्यवस्था खलबल्याउँदा पनि मूल्यबृद्धि ५ प्रतिशत भन्दा माथि गएको छैन् । प्रदेश र स्थानीय विकासलाई १,०४५ अर्ब अनुदान हस्तान्तरण गरिएको समेत उनले बताए ।

२०७६ साउनदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि २ अर्ब ३५ करोड बराबरको लागत बचत भएको उनले बताए । यो परियोजना अढाई दशकदेखि चर्चामा त थियो, तर कार्यान्वयन भइरहेको थिएन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।