डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, भैरहवामा ई रिक्सामा क्यूआर कोड


शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ई रिक्सामा विद्युतीय भुक्तानी प्रणाली सुरु गरेको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले लुम्बिनी प्रदेशको प्रमुख शहर सिद्धार्थनगर, भैरहवामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको क्यू आर कोड प्रणाली ई रिक्साहरुलाई हस्तान्तरण गरेका छन् ।

नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रममा ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी सुरुवात गरिएको थियो । उक्त अवसरमा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताएका थिए ।

ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित पारेको बताएका थिए ।

डिजिटल बैंकिङ्गको अवधारण अनुरुप शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरणको कार्यक्रम गरेकोमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्यूआर कोड हस्तान्तरण गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसन तर्पm अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने बताए । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै ग्राहकमैत्री सेवाहरु ल्याई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन् ।