प्राइम बैंकको साढे ३ अर्बको ऋणपत्र फागुन १९ देखि बिक्रीमा आउने, कति पाइन्छ ब्याज ?

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले दीर्घकालीन स्रोत परिचालनका लागि ऋणपत्र निष्काशन गर्न लगोको हो । बैंकले ८.७५ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ८ वर्ष अवधिको प्राइम डिबेन्चर २०८५ जारी गरेको हो ।

बैंकले जारी गर्ने ३५ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १४ लाख कित्ता सर्वसाधारणका लागि र ६० प्रतिशत अर्थात २१ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषको हिस्सा रहनेछ ।

बैंकको ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । फागुन १९ गते बुधबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा फागुन २३ गतेसम्म र ढिलोमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।