ग्वार्कोस्थित तरकारी बजारमा कुमारी बैंकले सुरु गर्यो क्यू आर कोड भुक्तानी


कुमारी बैंकले ललितपुरको ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात् क्युआर कोड पेमेण्ट सेवा सञ्चालनमा ल्याएको छ ।

यसबाट तरकारीको किनबेचमा सहजता हुने विश्वास बैंकले लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीूको उपस्थितिमा ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले तरकारी व्यवसायीहरुलाई क्युआर कोडहरू हस्तान्तरण गरेका हुन् ।

नगद् वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैंकले आफ्ना ग्राहकहरूका लागि “कुमारी स्मार्ट” नामको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ ।

यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ । यस्तो सेवाको प्रयोग गर्दा कुनै पनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद भन्दा यो विकल्प नवीन र सहज छ । यसका साथै कुमारी बैंक लिमिटेडका क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या ७ हजार नाघेको बैंकले जनाएको छ ।

कुमारी बैंकले १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।